पछिल्लो २४ घण्टामा नेपालमा थप २४३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ३ सय ७४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ३३ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयलका अनुसार सोही अवधिमा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् ।