हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले आज पनि देशका विभिन्न स्थानमा वर्षा भैरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेका रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ ।