लगातारको वर्षाले गएराति पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेको छ। गएराति ८:३० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।
उनका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन।
सडक अवरुद्ध हुँदा काठमाडौं आउने र जाने सवारी साधन र यात्रा बाटोमै रोकिएका छन्।