logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरको राप्ती खोलामा ट्रक खस्यो : एकको मृत्यु, दुई जना घाइते


अंकुरण खबर
793
Shares

मकवानपुरको राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ सानुटारमा फलाम बोकेर काठमाडौं आउदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफैँ अनियन्त्रित भई खोलामा खस्दा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो।

मृतकको घटनास्थलमै ज्यान गएको र उनको पहिचान खुल्न नसकेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक मोरङ जिल्ला सुन्दरहरैचा नगलपालिका ८ बस्ने बर्ष ३१ को राजन बास्कोटा र सह चालक सोही ठाउ बस्ने २४ वर्षीय सरोज आचार्य रहेका छन् ।

उनीहरूको हेटौंडा११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।