महोत्तरीमा रातु नदीको बाँध भत्किदा सयौँ घर डुबानमा परेको छ।
दुई दिनदेखिको अविरल वर्षापछि आएको बाढीले बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ।
बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको छ ।
बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम भैरहेको उनले बताए ।
उनका अनुसार जनप्रतिनिधि, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धार कार्य भैरहेको छ ।