शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुनको मूल्य एकैदिन ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । तर, यता सुनको मूल्य बृद्धि भइरहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले सस्तिएको छ ।
शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले घट्दै एक हजार २ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।