logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरका सम्पूर्ण नदीमा पानीको बहाव बढ्न सक्ने, सतर्क रहन आग्रह


अंकुरण खबर
2.145K
Shares

नेपालभरका लगभग सम्पूर्ण साना वा ठूला सबै नदीमा आज पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज विशेषगरी नारायणी र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान गरिएको छ ।

मझौला नदीहरू सबैमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ । कमला, वाग्मती, तिनाउलगायतमा बहाव खतरा तह आसपास पुग्ने पूर्वानुमान छ ।

कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने जनाइएको छ । कोसी र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।