logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कसैलाई असक्षम घोषित गर्न म सभापति हुन खोजेको होइन : नेता निधी


अंकुरण खबर
767
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू कसैलाई पराजित गर्न पार्टी सभापति बन्न नखोजेको बताएका छन् ।

निधीले कसैलाई पराजित गर्न नभइ आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने उद्देश्य सभापति बन्न खोजेको बताएका हुन् ।

‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’ शुक्रबार बानेश्वरमा सम्पर्क कार्यालय खोलेपछि निधीले सञ्चारकर्मीसँग भने ।

आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउने उनको भनाइ छ । उनले भने । ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’