logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काबुल विमानस्थलमा आक्रमण भएपछि अहिलेसम्म भएका घटनाक्रम यस्तो…


अंकुरण खबर
1.391K
Shares

बिहीबार साँझ अफगातिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोटन भएपछि हालसम्म के–के भए? त्यसबारे अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले लगातार समाचार सम्प्रेषण गरिरहेका छन् ।

हालसम्मका घटनाक्रम तलका बुँदामा समेटिएका छन्।

काबुलमा भएको विस्फोटनमा हालसम्म ९० भन्दा बढीको ज्यान गइसकेको छ भने १५० भन्दा बढी घाइते भएका छन्।

शुक्रबार बिहानसम्मको खबरअनुसार त्यहाँ उद्धार कार्य जारी छ। विमानहरु काबुलबाट उडिरहेका छन्।

नेटोमा आवद्ध देशहरले अफगानिस्तानमा रहेका सबै विदेशी सेनाको लक्ष आफ्ना नागरिक र दूतावासको कर्मचारी उद्धार गर्नु रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणकारीलाई खोजी–खोजी उनीहरुलाई कारवाही गर्ने वाचा गरेका छन्। यो आक्रमणमा संलग्नलाई अमेरिकाले माफी नदिने उनले बताएका छन्। अमेरिकाले उद्धार कार्य जारी राखेको छ।

अफगानिस्तानमा रहेको आईएसका क्षेत्रीय समूह आईएस खोरासान ‘आईएस–के’ले आक्रमणको जिम्मा लिएको छ। बीबीसी