logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थपिए २०६५ कोरोना संक्रमित, २५ जनाको मृत्यु


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घन्टामा २ हजार ६५ जनामा कोरोना संक्रमित थपिएका छन्।

सो अवधिमा १ हजार ५ सय ७७ जनामा पिसिआर परीक्षण र ४ सय ८८ जनामा एन्टिजेन परीक्षण गर्दा त्यति संख्यामा कोरोना संक्रमित थपिएका हुन्।

योसहित नेपालमा कोरोना संक्राितको संख्या ८ लाख ३८ हजार ९ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६ सय ६३ पुगेको छ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको मन्त्रालयले जनाएको छ।