logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश राणा बाहिरिने, अर्को शुक्रबारलाई पेसी तोकियो


अंकुरण खबर
1.157K
Shares

संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बाहिरिने भएका छन् ।

रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि राणा बाहिरिन लागेका हुन्। यसबारेमा संवैधानिक इजलासका न्यायाधीशहरुबीच छलफल भएको थियो ।

प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको स्रोतले जनाएको छ ।

संविधान बमोजिम संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश रहने भएकाले पेशी तोक्ने र फैसला हुने दिन राणा सर्वोच्च अदालतमा अनुपस्थित हुने बताइएको छ ।

संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रबारलाई पेसी तोकिएको छ ।