logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


अंकुरण खबर
1.066K
Shares

सरकारालाई पूर्णता दिने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बिहानै भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिएका छन्।

लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन्। माधव नेपाल पक्षका नेता तथा अन्य नेतालाई मन्त्री बनाउने कसरत चलिरहेको छ।