logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन, नयाँ पालुवा पलाउँदैछन् : अध्यक्ष ओली


अंकुरण खबर
819
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार युथफोर्सले ललितपुरको लुभुमा आयोजना गरेको कार्यक्रममा पार्टी विभाजन गर्ने माधवकुमार नेपाल तथा वर्तमान सरकारको कटाक्ष गरेका छन् ।

उनले पार्टी विभाजन गर्ने नेपाल पक्षलाई इंगित गर्दै बिग्रिएको मान्छेले पार्टी छाडेको बताए ।

उनले भनेका छन्, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन। रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन्। नयाँ नयाँ हाँगा हाल्दैछन् ।’ उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा कसैलाई जित्न नदिने बताए ।

उनले भने, ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं। केही मान्छे पतीत भएका हुन् बिग्रिएका हुन्। बिग्रिएका मान्छेले पार्टी छोडेका हुन् ।’

यस्तै परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको पनि उनको आरोप छ । उनले पार्टी विभाजन गर्ने नेपाल पक्षका नेतालाई नर्कको बाटोमा हिँडिरहेको पनि बताए ।