logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी र पहिरोमा परी तीन जनाको मृत्यु


अंकुरण खबर
819
Shares

अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो चौबिस घण्टामा देशभर तीन जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–२  मिलन चोक बस्ने ७ वर्षीय एक बालकको पहिरोमा परी मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । खोलामा खेल्दै गरेका उनीमा पहिरोमा पुरिएर घाइते भएका थिए । उपचारको लागि कटारी अस्पताल तर्फ लग्दै गर्दा बाटैमा उनको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१८ पम्फापुर बस्ने एक ३८ वर्षीय पुरुष र उनको १३ वर्षीय छोराको बाढीका कारण मृत्यु भएको छ । घर भित्र पानी पसेपछि छिमेकीको घरमा जान्छु भनि निस्केका उनीहरु खेतमा मृत अवस्थामा भेटिएका थिए ।

यो वर्ष पहिरोमा परी ४७ जना, बाढीमा परी ३० जना र अविरल वर्षाका कारण ९ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।