ओखलढुंगामा यही भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर कायमै रहेको बेला निषेधाज्ञालाई थप गरिएको हो । जिल्लामा कुल कोरोना पुष्टि भएको संख्या २ हजार १ सय १ पुगेको छ ।
यस्तै हाल सक्रिय संक्रमित १ सय ८३ रहेका छन् । जिल्लामा हाल सम्म ज्ञछ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।