logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीले आज संसदीय दलको नेता चुन्दै


अंकुरण खबर
1.612K
Shares

नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ।

दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको हो । एकीकृत समाजवादीमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन्।

प्रतिनिधि सभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री छन्।

यस्तै निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम,पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल छन्।

राष्ट्रिय सभाका डा।वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं र शान्तिकुमारी अधिकारी जिसी एकीकृत समाजवादीमा आबद्ध भएका छन्।

एकीकृत समाजवादी दलको बैठकले अध्यक्षसमेत रहेका माधवकुमार नेपाललाई दलको नेता छान्ने भएको छ। दलको नेताले आजै उपनेता, प्रमुख सचेतक र सचेतक छान्ने कार्यक्रम छ।