logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई महिनाको उपचारपछि नेता खनाल सोमबार स्वदेश फर्किँदै


अंकुरण खबर
1.651K
Shares

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन् ।

भारतको नयाँदिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री खनाल सोमबार नेपाल फर्किने भएका हुन् ।

उनी उपचारका लागि असार २ गते नयाँदिल्ली गएका थिए । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि फर्कन लागेका हुन्।

नेता खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ । उनले नयाँदिल्लीबाटै माधव पक्षलाई समर्थन जनाएका थिए ।