धादिङ–काठमाडौं जोड्ने नौबिसे–नागढुंगा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार अहिले पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ ।
गए राति खसेको पहिरोका कारण काठमाडौं भित्रिने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध भएको थियो ।