logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन


अंकुरण खबर
1.326K
Shares

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।

आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए । यसैगरी, बैठकले राष्ट्रिय सभाको संसदीय दलको उपनेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।

एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएको थियो ।

बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर र लक्ष्मी चौधरी छन् । एकजना राष्ट्रिय सभाबाट चयन हुनेछन् ।