logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

प्रदेश २ मा दुई मन्त्रालयको जिम्मेवारी हेरफर


अंकुरण खबर
780
Shares

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका छन्।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको सिफरिसमा आइतबार मुख्यमन्त्री राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अर्थ मन्त्रालयको जिम्मेवारीमा रहेका विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्री हेरफेरसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।