निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्मको समयसीमा दिएको छ ।
आइतबार आयोगले विज्ञप्ति निकाल्दै निर्वाचित दलबाट विभाजित दलमा जाने वा निर्वाचित भएको दलमै बस्नेबारे निर्णय गर्न जनप्रतिनिधिहरुलाई भदौ १५ देखि २२ गतेसम्मको समय दिइएको हो ।
एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी गठन भएको थियो।
आयोगका अनुसार एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिलाई भदौ १५ गतेदेखि २२ गतेसम्म दल रोज्न सक्नेछन् ।
प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित प्रदेश तथा जिल्लास्थित निर्वाचन कार्यालयमा गएर आफूले दल रोजेकोबारे जानकारी गराउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
