logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीपी राजमार्गमा पहिरो खस्दा मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते


अंकुरण खबर
663
Shares

 

वीपी राजमार्गमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।  एकजना घाइते भएका छन् ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४०९ को मोटरसाईकल राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका ७ मा पहिरोले पुरिदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी रोमगोपालपुरका सरोजकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए ।

सोही मोटरसाइकलमा सवार जनकपुरका सचितकुमार साहको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी छ ।