logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारी चालक अनुमति पत्रको परीक्षा भदौ २० देखि सञ्चालन हुने


अंकुरण खबर
1.417K
Shares

यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।

यातायात व्यवस्था कार्यालय बागमती प्रदेशले आइतबार सूचना जारी गरि वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि सञ्चालन हुने जानकारी गराएको हो ।

जारी सूचनाअनुसार प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ।