logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारी वर्षाका कारण नवलपुर आसपासमा शतर्कता अपनाउन आग्रह


अंकुरण खबर
1.56K
Shares

लगातार भारी वर्षाका कारण नवलपुरको दुमकौली, ढेडगाँउ र आसपासका क्षेत्रमा शर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

पछिल्लो ६ घण्टा लगातार भारी वर्षा भइरहेकाले ती स्थानमा बाढीको जोखिम बढेको विभागले बताएको छ ।

‘उक्त क्षेत्र भइ बग्ने साना नदीहरूमा बाढी आउन सक्ने भएकाले तटीय स्थान डुबानमा परिरहने भएकाले सर्तकता अपनाउन आग्रह’ गरेको हो ।

मनसुन सक्रिय हुँदा एक सातादेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।