त्रिभुवन राजपथको नागढुंगा–नौबीसे सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
आइतबार बिहान गएको पहिरो हटाएको ७ घण्टापछि सुचारु भएको उक्त सडक खण्डमा फेरि पहिरो जाँदा अवरुद्ध भएको हो । नागढुङ्गा–नौबीसे राजमार्ग अन्तर्गत काठमाडौ चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा गएको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
तीनचार दिनदेखि परेको अविरल वर्षाको कारण बिहान ५ बजेर ४५ मिनेटको समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । नेपालको मुख्य नाकामा पहिरोको कारण यात्रुहरु समस्यामा परेका छन् ।
अहिले धेरै लामो जाम रहेको छ भने पहिरो हटाउने कार्य भैरहेको थानकोट प्रहरीले जनाएको छ ।