logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको लुजियानामा खतरनाक आइडा आँधी,  ७ लाख मानिसको घरमा बिजुली बत्ति बन्द


अंकुरण खबर
1.859K
Shares

अमेरिकाको लुजियानामा खतरनाक आइडा नामक समुन्द्री आँधी जमिन प्रवेश गरेको छ ।

आँधीका कारण लुजियानामा भीषण वर्षा भएको छ । भारी वर्षापछि सर्वसाधारणको घरभित्रै पानी पस्न सुरु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

हाल सम्म १५ हजार मानिस आश्रय स्थलमा शरण लिएका छन् । आइतबार साँझ अत्यन्त तीव्र गतिमा प्रवेश गरेको आँधी अहिले केही मत्थर भए पनि ठूलो क्षति पुर्याउने सम्भावना रहेको बताइएको छ ।

१६ बर्ष अगाडि उक्त क्षेत्रमा क्याटरिना नामक आँधीबेरीले तहस नहस बनाएको थियो । क्याटरिनाले १ हजार ८ सय मानिसहरुको ज्यान गएको थियो भने एक सय अर्ब डलरको नोक्सान पुर्याएको थियो । १६ बर्षमा पुनः समुन्द्री आँधिबेरी आइडा आएको हो ।

अहिले सम्म लुजियानाको शेल समुन्द्रीतटमा छाल ८ फिट माथि पुगिसकेको राष्ट्रिय आँधीबेरी केन्द्रले जनाएको छ । लुजियानाको न्यूओर्लियन्स शहरमा बाढी आउने चेतावनी दिईएको छ । लुजियानाकै ब्रेथवेटमा पनि बाढी आउने भएकोले आकस्मिक सूचना जारी गरिएको छ ।

लुजियानाको दक्षिणपूर्वीय भागमा अत्यधिक आँधी हुरीको प्रभाव परेको छ भने लुजियाना,मिसीसिपि ,अलाबामा र फ्लोरिडामा पनि टोर्नाडो आउने सम्भावना रहेको बताइएको छ ।

आँधीका कारण अहिले ७ लाख मानिसहरुको घरमा बिजुली बत्ति गएको छ ।