logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद विस्तारबारे छलफल


अंकुरण खबर
1.846K
Shares

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

मन्त्रिपरिषद विस्तारका लागि गठबन्धनमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादीका नेता वेदुराम भुषाल, जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा सहभागी रहेका छन् ।

बालुवाटार स्रोतका अनुसार केही बेरअघि सुरु भएको बैठकमा मन्त्रिपरिषदलाई चाँडोभन्दा चाँडो टुंगो लगाउनेबारे छलफल हुनेछ ।

सरकार गठनका सन्दर्भमा हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका थिए। कसले कति मन्त्रालय जिम्मा लिने भन्नेबारे सहमति भइसकेको छैन ।

हिजै देउवाले प्रचण्ड र नेपालसँग मन्त्रीको नाम मागेका थिए । यद्यपि उनीहरूले अहिलेसम्म देउवालाई नामावली दिएका छैनन् । लामो समयदेखि मन्त्रिपरिषद विस्तर गर्न नसकेको भन्दै देउवाको आलोचना भइरहेको छ ।

यसैबीच एमालेबाट विभाजित भएर नयाँ दल दर्ताका गरेका माधव नेपालसहितको टिमलाई सरकारमा सहभागी गराउने भएपछि मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको जनाइएको छ ।