logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आतंकवादीद्वारा अमेरिकी सेना रहेको काबुल विमानस्थलमा सोमबार बिहानै पाँच रकेट आक्रमण


अंकुरण खबर
702
Shares

काबुल अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर सोमबार आतंकवादीले पाँच वटा रकेट बम प्रहार गरेका छन्। तर यो रकेट आक्रमण अमेरिकी एन्टी मिसाईल प्रणालीद्वारा असफल भएको अमेरिकाले जनाएको छ।

बीबीसीका अनुसार हालसम्म आतंकवादी आक्रमणबाट हताहतीको मामिला सार्वजनिक भएको छैन।

काबुलको यस विमानस्थलबाट अमेरिकाले भोलिसम्म आफ्ना नागरिक र सेना स्वदेश फर्काइसक्नुपर्नेछ। अमेरिकीहरु स्वदेश फर्किने पूर्व संन्ध्यामा यो आक्रमण भएको हो। यो विमानस्थलमा कम्तिमा ५ हजार अमेरिकी सेना अहिले तैनाथ छन्।

यसअघि गतहप्ताको बिहीबार आईएस–के आतंवादी समूहले यही विमानस्थल बाहिर विस्फोटन गराउँदा १७० जनाको मृत्यु भएको थियो। सो आक्रमणमा १३ अमेरिकी सेनको पनि ज्यान गएको थियो। त्यसको भोलिपल्टै अमेरिकाले ड्रोन आक्रमणबाट सो आक्रमणका योननाकारको मृत्यु भएको अमेरिकी दाबी थियो।

हालसम्म सोमबारको आक्रमणको जिम्मा कसैले लिएको छैन। यद्यपी आईएस–के समूह नै यो घटनामा संलग्न भएको अनुमान छ।

आईतबार मात्र अमेरिकाले पुनः दोस्रोपटक आईएस समूह लक्षित अर्को आक्रमण गरेको थियो। अमेरिकाका अनुसार यो आक्रमणमा काबुलको विमानस्थलमा आत्मघाती विस्फोटन गराउन आउने आईएसका सदस्यको मृत्यु भएको छ। बीबीसी