नेपाली काँग्रेसका नेता गगन थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने उनले आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा बताएका हुनु।
यसअघि पनि महामन्त्रीका लागि प्रतिस्पर्धा गरेको बताउँदै थापाले भनेका छन्, हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं। मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेको थिए। मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा पनि म नेपाली काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्छु।’
काँग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ। थापा यसअघि कृष्णप्रसाद सिटौलाको खेमाबाट महामन्त्रीमा उठेका थिए तर पराजित भएका थिए।