logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाले काबुलमा गरेको ड्रोन हमलामा एकै परिवारका ९ जनाको मृत्यु


अंकुरण खबर
819
Shares

अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा एकै परिवारका नौं जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ६ बालबालिका छन्। शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–के) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले जनाइएको छ। हमलामा एकै परिवारका सर्वसाधरण मारिएको भन्दै अमेरिकाको बिरोध भएको छ।

‘हामी आइएस होइनौं। अमेरिकी हमलामा सबै सदस्य गुमायौं,’ आक्रमणमा बाँचेका एक व्यक्तिले भने । आक्रमणमा मारिनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बिस्फोटपछि घरमा आगो लागेको थियो।

अमेरिकाले मंगलबारसम्म आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गरिसक्नु पर्नेछ।

विहीबार काबुल बिमानस्थलमा आइएसले गरेको हमलामा १३ अमेरिकी सेनासहित १ सय ७० जनाको मृत्यु भएको थियो । सो हमलापछि अमेरिकाले संदिग्ध स्थानमा आक्रमणकारीबिरुद्धको आक्रमण शुरु गरेको छ। एजेन्सी