logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी ड्रोन हमलाबारे तालिबानले भने-‘अर्को देशमा भएको आक्रमण गैरकानुनी हो’


अंकुरण खबर
1.573K
Shares

काबुलमा कथित रुपमा आइएसका आत्मघाती हमलाकर्तामाथि अमेरिकाको ड्रोन हमलामाथि तालिबानले टिप्पणी गर्दै कुनै अर्को देशमा केही जानकारी नै नदिइ गरिएको गैरकानूनी हमला बताएको छ ।

अमेरिकाको कारवाहीमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बयान दिएका हुन् ।

उनले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँगको कुराकानीमा अमेरिकाले यो हमला तालिबानलाई सूचना नदिइकन गरेको बताए ।

उनले भने, ‘अमेरिकाको तर्फबाट कुनै अर्को देशभित्र यस्तो हमला गर्नु गैर कानूनी हो ।’

हमलामा सर्वसाधारणको पनि मृत्यु भयो ?

यस्तै, अर्कोतर्फ स्थानीय मिडियाले उक्त हमलामा काबुलका ९ जनाको मृत्यु भएको बताएको छ ।

टोलो न्यूजका एक कार्यक्रम प्रस्तोता मुस्लिम शेरजादले आफ्नो ट्वीटमा लेखेका छन्, ‘मृत्यु हुनेमा एक अफगान सेनाका फौजी, दुई अनुवादक र एक पसले थिए । उनीहरुबाहेक चार बालबालिका पनि समावेश छन् ।’

अमेरिकी समाचार च्यानल सीएनएनले पनि आफ्नो एक स्थानीय पत्रकारलाई उद्धृत गर्र्दै मृत्यु हुने व्यक्तिका एक आफन्तले अमेरिकी हमलामा सर्वसाधारणको पनि मृत्यु भएको जानकारी दिए । एजेन्सी