logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा २२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु


अंकुरण खबर
923
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

आज १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

त्यस्तै गत २४ घण्टामा संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ पुगेको मन्त्रालयले जनाएको छ ।