logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले भन्योः अमेरिकासहित पुरै विश्वले तालिबानलाई मद्दत गर्नुपर्छ


अंकुरण खबर
975
Shares

चीनले अमेरिकासहित पुरै विश्वभरका देशले तालिबानलाई मद्दत गर्नुपर्ने बताएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग सोमबार टेलिफोनमा कुरागर्दै पछिल्लो समय अफगानिस्तानमा बद्लिएको परिस्थिती हेर्दा अमेरिकासहित विश्वले नै तालिबानलाई सहयोग गर्नुपर्ने देखिएको चीनले बताएको हो। यीले तालिबानसँग विश्वले सम्पर्क स्थापित गर्नपुर्नेमा पनि जोड दिएका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यीले ब्लिंकेनसँग तालिबानलाई सही मार्गदर्शन दिइनुपर्ने पनि बताए।

अफगानिस्तानलाई यतिबेला आर्थिक, मानवीय र जनजिविकासँग सम्बन्धित सहयोगको खाँचो भएको र तालिबान नेतृत्वमा भएकाले तालिबानलाई सहयोग गर्नुपर्ने चीनको भनाइ छ।

चीनका अनुसार तालिबानको नयाँ राजनीतिक ढाँचा, सरकारी संस्थानलाई सामान्य रुपमा संचालनमा ल्याउन, त्यहाँको सामाजिक सुरक्षा र स्थिरता कायम राख्न तथा मुद्रास्फितिलाई नियन्त्रण गर्न एबम् शान्तिपूर्ण पुननिर्माणको लागि तालिबानलाई वैश्विक सहयोगको खाँचो छ।