logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन


अंकुरण खबर
741
Shares

पहिरोले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ।

आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५:२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए।

जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।