सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बस्दैछ ।
सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच मन्त्री बाँडफाँड गर्ने र भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने बालुवाटार स्राेतले बताएको छ।
सरकार गठनका सन्दर्भमा हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए । तर सहमति हुन सकेको थिएन ।
केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।
लामो समयदेखि मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलाेचना हुँदै आइरहेको छ ।