logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायल जाने श्रमिकको परीक्षा भदौ २८ गते


अंकुरण खबर
3.653K
Shares

सरकारले इजरायल जान दरखास्त दिएका कामदारको  भदौ २८ गते लिखित परीक्षा गर्ने भएको छ।

इजरायल जान चाहने श्रमिकका लागि वैदेशिक रोजगार विभागले दरखास्त माग गरेको थियो। त्यसअनुसार, प्रक्रिया पूरा गरि दरखास्त दिएका आवेदकको भदौ २८ गते दिउसो १ बजे लिखित परीक्षा गर्न लागिएको हो।

काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै परीक्षा हुने विभागले जनाएको छ। यसका लागि प्रवेश पत्र र परीक्षा केन्द्रबाट अनलाइनबाट जानकारी लिन सकिने विभागले जनाएको छ। यसमा अंग्रेजी भाषाको लिखित परीक्षा हुने भएको छ।

विभागले इजरायलका लागि एक हजार कामदार माग भएको जनाउँदै साउन १२ गते देखि ३२ गते सम्म दरखास्त मागेको थियो। त्यसमा १० हजार आवेदन परेका छन्।

इजरायल रोजगारीका लागि विभागले अनुमति लागत एक लाख ६५ हजार तय गरेको छ। जहाज टिकट १ लाख ४० हजार लाग्ने विभागले अनुमान छ।