लमजुङमा आगलागी हुँदा एक दम्पतीको ज्यान गएको छ ।
जिल्लाको मर्स्याङ्दी गाउँपालिका- ९ सेग्लेमा बस्दै आएका धर्मराज भण्डारी र उनकी श्रीमती पशुपति भण्डारीको आगलागीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति १ बजेतिर भन्सारमा आगलागी हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।
ग्यास विष्फाेट भएर आगलागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार भन्सार जलेर पूर्ण रूपमा क्षति भएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।