logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा


अंकुरण खबर
1.768K
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा उमेदवारी दिने भएका छन् ।

गुरुङले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । तयसका लागि उनले दिउँसो साढे २ बजे काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्नेछन् ।

कांग्रेसको १४ औँ महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गर्न लागेका हुन् ।

कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालय स्थापना गरेर तयारी समेत थालिसकेका छन् ।