logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १६६४ नयाँ संक्रमित थपिँदा १७८६ जना संक्रमणमुक्त, २० को मृत्यु


अंकुरण खबर
975
Shares

पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२,२२२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १५२३ र एन्टिजेनमा १४१ गरी  १६६४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा १७८६ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ।