logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले घट्यो नेप्से


अंकुरण खबर
728
Shares

साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज परिसुचक ३०४७.२६ बिन्दुबाट शुरु भएको सेयर कारोबार २९७५.८४ बिन्दुमा गएर सेयर कारोबार बन्द भएको हो ।

मंगलबार बजार बन्द हुँदा नेप्से २.२७ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ । कुल २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७ सय १३ किता शेयर १३ अर्ब २५ करोड९६ लाख ९६ हजार एक सय ७ रुपैयामा शेयर खरिद बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैकिंङ १.१५, ट्रेडिङ २.८८ ,होटल तथा पर्यटन १.३३, बिकास बैँक ३.४८, हाईड्रो पावर ३.४६ , फाइनान्स ३.०८, नन लाईफ ईन्सुरेन्स २.६३ , उत्पादन २.८१, माइक्रो फाईनान्स २.८२ , लाईफ ईन्सुरेन्स २.५९, म्युचल फण्ड ०.७७ , ईन्भेष्टमेन्ट २.५८ तथा अन्य ३.१८ बिन्दुले शेयर घटेको छ ।

कारोबारको आधारमा कर्णली  बिकास बैँक लिमिटेड शिर्ष स्थानमा रहेको छ । मनकामना स्मार्ट लघुवित्तीय संस्था ,सपोर्ट माईक्रो फाईनान्स, करपोरेट डेभलपमेन्ट, सिटिजन म्युचल फण्ड , शिर्ष स्थानमा रहेको छ ।

आजको कारोबारमा बढि गुमाउनेहरुमा रुरु जलविघुत परियोजना ९.९९, माउन्टेन हाईड्रो लिमिटेड ७.७६, हिमालयन उर्जा बिकासकम्पनी लिमिटेड ६.९२, सिभिल लघुवित्तीय सस्था लिमिटेड ६.५९, गलेम्दी हाईड्रो लिमिटेड ५.९४ प्रतिशतले गुमाएका छन् ।