logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची प्रकाशित (सुचीसहित)


अंकुरण खबर
1.573K
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम सुनसरी, मकवानपुर र बाग्लुङ जिल्लाको क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।

साथै ती जिल्लाहरुमा सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको जनाएको छ । यसअघि समितिले भदौं १० मा ३८ जिल्ला, भदौ ११ मा १० र भदौ १२ मा ५ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको थियो ।

आज थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशन गरेसँगै निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको नामावली प्रकाशित गरेको छ । कांग्रेसले यहि १८ गतेदेखि वडा अधिवेशन शुरु गर्दै छ ।

सुचीसहित: