नेकपा एकीकृत समाजवादी पार्टी रोजेका प्रदेश १ का सांसदहरुले आज सनाखत गर्ने भएका छन् ।
एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका सांसदहरुले आज १२ बजे विराटनगरस्थित आयोगको कार्यालयमा सनाखत गर्ने तयारी गरेका हुन् ।
एकीकृत समाजवादीमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ खुलेका छन्।
प्रदेशसभा सांसदलाई निर्वाचन आयोगले दल विभाजन भएको मितिदेखि २१ दिनभित्र दल रोज्न समय सीमा तोकेको छ।