logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि आन्तरिक हवाई यात्रामा फेसशिल्ड लगाउन नपर्ने


अंकुरण खबर
819
Shares

आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ ।

आज(बुधबार)देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको वायुसेवा संचालक संघले जनाएको छ ।

संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएको भन्दै वायुसेवा कम्पनीहरुले फेसशिल्ड वितरण बन्द गरेका हुन् ।

अनिवार्य फेसशिल्डको प्रयोग हटाई मास्क मात्र लगाए पुग्ने गरी निर्णय गरिएको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानका वायुसेवामा भने मास्क मात्र लगाए पुग्ने व्यवस्था थियो ।

कोरोना महामारीका बीच हवाई यात्रामा क्रममा संक्रमण नफैलियोस भन्ने उद्देश्यले फेसशिल्ड लगाउनै पर्ने व्यवस्था गरिएको थियो ।