logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पौडेल समूहको बैठक बस्दै, सभापतिसहित आफ्नो पक्षको प्यानल नै घोषणा गर्ने तयारी


अंकुरण खबर
897
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक आज पनि बस्दैछ ।

बुधबार दिउँसो २ बजे पौडेल पक्षको बैठक बस्ने भएको हो । वडा अधिवेशनअघि सभापतिसहित प्यानल नै घोषणा गर्ने तयारीसाथ पौडेल पक्ष छलफलमा जुटेको छ ।

मंगलबार बोहराटारमा यसै विषयमा छलफल गरेको पौडेल पक्षले आज पनि यहि विषयको छलफलका लागि बैठक बोलाएको हो ।

१४ औं महाधिवेशनका लागि पौडेल पक्षबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालामध्ये एक जना सभापति उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइएको छ । आकांक्षी चार नेतामध्येबाट सकेसम्म एक जना मात्र उमेदवार छान्ने पौडेल पक्षको तयारी छ ।

आफ्नो पक्षबाट सकेसम्म एक जना मात्रै उम्मेदवार छान्ने पौडेलको तयारी छ ।