नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको क्याबिनेट बैठक आज बस्दै छ ।
आज दिउँसो चार बजेका लागि बोलाइएको बैठकलाई प्रधानमन्त्री देउवाको सचिवालयले नियमित बैठक बताएको छ । आज मन्त्रालयहरुका नियमित कामकाजका विषयमा छलफल हुने सचिवालयले जानकारी दिएको छ ।
देउवा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनका लागि सहज हुने अध्यादेश फिर्ता लिने विषयमा पनि आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ ।