पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३० जना संक्रमणबाट मुक्त भएका छन् । यस्तै आज कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।