logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर


अंकुरण खबर
884
Shares

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालत रिट दायर गरेको छ ।

माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाए पनि सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको हो ।

एमालेले दिएका तीनवटा रिट सर्वोच्चमा दर्ताको प्रक्रियामा रहेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिए ।

सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ । निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो ।

त्यस्तै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले एमालेले कारबाही गरेको लुम्बिनीका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले रिट हालेको हो ।