logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

दाङमा सिस्ने खोलाले गाडी बगाउँदा ४ जनाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

दाङको सिस्ने खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । बुधबार राति खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको हो ।

घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले कार बगाउँदा एकै घरका दुई दिदीबहिनी र अन्य दुई महिलाको मृत्यु भएको हो ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको गाडीलाई बाढीले बगाउँदा घोराही–१६ सर्राका ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठ घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीको मृत्यु भएको छ ।

चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको उद्धार गरिएको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।