मनसुनी वायुको प्रभावले आज प्रदेश १ र गण्डकी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा भने सामान्य बदली हुने भएको छ ।
बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर मनसुनी गतिविधि केही कमजोर भएकाले वर्षाको सम्भावना कम हुँदै गएको छ । तैपनि देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको प्रक्षेपण छ ।
काठमाडौं उपत्यकामा भने आज घाम लाग्ने जनाइएको छ । साँझ भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।