नेपाली कांग्रेसका पौडेल समूहका आगामी सभापतिका आकांक्षीले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।
पौडेल–कोइराला समूहका चार आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला तथा केन्द्रीय सदस्यद्धय डा. शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
संयुक्त पत्रकार सम्मेलनमार्फत आफूहरु एक भएको सन्देश दिन खोजिएको पौडेल निकट स्रोतले जनाएको छ । केही दिनदेखि यी चार नेताहरूले सभापतिका लागि एकल उम्मेदवारीको लागि नियमित रुपमा छलफलमा बसे पनि निचोड निक्लन सकेको थिएन ।
शुक्रबारदेखि वडा अधिवेशन नै हुने भएकाले उनीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै १४ औं महाधिवेशनको अन्तिम चरणमा आफूहरुमध्ये एक जनामात्र उम्मेदवार हुनेमा विश्वस्त दिलाउन पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।
पत्रकार सम्मेलन दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनपम फुडल्याण्डमा हुने बताइएको छ । महाधिवेशनमा एकल उम्मेदवारी दिएमात्र अबको नेतृत्व सम्हाल्न सकिनेमा पौडेल पक्ष आशावादी छ ।